धनगढीका थप २४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढीका थप २४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढीका थप २४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ११० जना नमुनाहरुको स्वाब परीक्षण गर्दा धनगढीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का दश जना, वडा नम्बर ४ र ५ का तिन , तिन जना, यस्तै वडा नम्बर २ र १२ का दुई ,दुई जना, त्यस्तै वडा नम्बर ८, १५, १६ र वडा नखुलेका एक एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।