कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ११० नमुनाको स्वाब परीक्षण गर्दा थप ४२ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का दश जना, वडा नम्बर ४ र ५ का तिन तिन  जना, यस्तै वडा नम्बर २ र १२ का दुई दुई जना, त्यस्तै वडा नम्बर ८, १५, १६ र वडा नखुलेका एक एक जनामा संक्रमण देखिएको  श्रेष्ठले बताए। 

कैलालीकै गोदावरी नगरपालिकाका आठ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक एक जनामा समेत कोराना पुष्टि भएको छ।
उता  कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका दुई दुई जना, बेलौरी नगरपालिकाका एक जना र बाजुराको बुढीगंगा नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।