पौडेलमाथिको दुर्व्यवहारप्रति काँग्रेस संसदीय दलको भत्सर्ना

पौडेलमाथिको दुर्व्यवहारप्रति काँग्रेस संसदीय दलको भत्सर्ना

 नेपाली काँग्रेस संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारको भत्सर्ना गरेको छ।

हिजो तनहुँको व्यास नगरपालिकाको तालघरेमा नेता पौडेल र नेपाली काँग्रेस तनहुँका नेता, कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी पक्राउ गरिएको थियो।

नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पुर्‍याउने गरी भएको उक्त कार्यको निन्दा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत माथि भएको अन्यायको छानविन गरी दोषी माथि कारवाही गरियोस्ु भन्दै संसदीय दलले सरकारसँग माग गरेको छ।