यो हो विश्वकै चिसो सहर, जहाँ वर्षको नौ महिनासम्म हिउँ जम्छ

यो हो विश्वकै चिसो सहर, जहाँ वर्षको नौ महिनासम्म हिउँ जम्छ

रुसको साइबेरियास्थित नोरिल्स्क नामको एउटा सहर छ । उक्त सहर विश्वकै सबैभन्दा चिसो सहर हो । ठण्डी याममा उक्त सहरको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म तल र्झदछ । जबकी त्यहाँको वाषिर्क औषत तापक्रम चाहीँ माइनस १० डिग्री सेल्सियस रहेको छ ।

उक्त सहरमा वर्षको ९ महिना हिउँ जमिरहन्छ । त्यसबेला हरेक तिन दिनमा हिमतुफान आउँछ ।


डिसेम्बर देखि जनवरी सम्म त यहाँ सूर्य नै देखिँदैन । सूर्य नै नदेखिने हुनाले दुई महिनासम्म त्यहाँ अँध्यारो छाउँदछ ।

रोचक त के भने यो सहर रुसको सबैभन्दा धनी सहर हो । उक्त सहरमा विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार रहेको छ ।

यतिमात्र होइन यो सहर विश्वको सबैभन्दा प्रदुषित सहर पनि हो । किनकी यहाँ ठूलो परिमाणमा खानी तथा प्रशोधनको काम हुन्छ । जसबाट ठूलो मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्किरहन्छ ।