बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’!

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’!

अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ । तर छिमेकि भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ ।

भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले उनि चर्चामा रहेकि छन ।

पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन ।

उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसमको रहेको छ। बलत्कारबाट बाँच्नकोलागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग

गरिएको जनार्ईएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनिरेकर्ड गर्नसक्ने  जनाईएको छ ।

उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन।

उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ ।

पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ ।

आफ्नो एक महिनालामो प्रयासपछि करिव पाँचलाख भारुको लागतमा यो पेन्टीको आविश्कार गर्न आफु सफल भएको उनले जानकारी गराएकि छन।