सनी देओलमा देखियो कोरोना

सनी देओलमा देखियो कोरोना

भारतीय अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ । बुधवार गरिएको स्वाब परीक्षणमा उनीमाथि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । सनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

‘मैले कोरोना परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आएको छ, म एकान्तवासमा छु र मेरो स्वास्थ्य अवस्था ठीक छ,’ सनीले भनेका छन्, ‘मेरो अनुरोध छ कि, सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुस् ।’

सनीले मुम्बई फर्कनुभन्दा पहिले मनालीमा कोरोना परीक्षण गराएका थिए । उनमा कोरोना पोजेटिभ देखिए पनि भाइरसको लक्षण भने नदेखिएको जनाइएको छ ।