आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

मेषः मेष राशि भएकाहरूका आज पनि समय खराब रहनेछ । आश्वासन पूरा हुन कठिन छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तन मनन् गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्न सक्ने र प्रेमाभिलाषिहरुको लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ । आज माता भुवनेश्वरीको भक्तिभाव राम्रो हुनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । । संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ ।  आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास। मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । अनिवार्य बाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै उचित हुनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ ।

कर्कटः कर्कट राशिका लागि आज पनि समय महत्वपूर्ण छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब छ । ज्ञानशक्ति तथा विद्याको अहं बढ्नसक्ने छ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेहरुको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गार्हो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ । 

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्याउनु होला । सकभर पूर्व दिशाको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो छैन । काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत आकस्मिक आयआर्जन तथा उपलब्धि प्राप्त गर्न सकिनेछ । देश विदेशको यात्रा हुन सक्ने छ । दान दातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । माता इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहनेछ । चन्द्रमा लगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकूलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि पनि आज दिन तथा समय राम्रा छन् । दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेव र माता इन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय खराब नै रहनेछ । दिन प्रतिकूलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने छ । दिनमा २ बजेपछि तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज पूर्व दिशाको यात्रा उपयुक्त छैन ।