बैतडीबाट चरेशसहित बझाङका १ जना पक्राउ

बैतडीबाट चरेशसहित बझाङका १ जना पक्राउ

बैतडी । बैतडीमा १० किलो चरेशसहित बझाङका १ जना पक्राउ छन्।

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धामी रहेको प्रहरीले जनाएको छ। धामीलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। 

धामीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। अहिले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।