कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले ४ लाख बराबरको अवैध सामान बरामद गरेको छ। 

जिल्लाको भीमदत्त नगरपालिकाको ऐरीघाट र बेलौरी नगरपालिकाको सडकघाट क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा ४ लाख २ हजार बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ। 

सशस्त्रले मोटरसाइकल, माछा सहित साडी,लुङ्गी, घुम्टी, धोती लगायतका अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय र पशु क्वारेन्टिनमा बुझाइएको शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक  बिरेन्द्र बहादुर ऐरले बताए।