आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

७० वर्षीय बुबा तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो।