डोटीमा मगर संग्राहालय स्थापना गर्न सांस्कृतिक कार्यक्रम

डोटीमा मगर संग्राहालय स्थापना गर्न सांस्कृतिक कार्यक्रम

डोटी : डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

मगर संग्राहालय स्थापना गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका ४ का स्थानीय तथा सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य महेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘मगर भाषा, संस्कृति संरक्षण–संवद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशले सो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । 

कार्यक्रमबाट मगर जातीहरुको लोप हुँदै गएको भाषा, भेषभुषा, खाद्य परिकार, संस्कृतिको संरक्षण–संवद्धन र मगर संग्राहालय स्थापनाबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । जोरायल गाउँपालिकाको मूख्य प्रायोजन तथा मालिका कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रालि, जोरायल गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ को सह–प्रायोजनमा आगामी माघ १ र २ गते उक्त कार्यक्रम आयोजना हुने भएको छ ।

भाषाका हिसाबले सुदूरपश्चिम प्रदेशमा काइके, खाम र मगर गरी तीन प्रकारका मगर जाती छन् ।