नदीहरुमा प्रदुषण बढ्दै

नदीहरुमा प्रदुषण बढ्दै

धनगढी : नदीको किनारबाट सडकहरु बनाउने क्रमसंगै नदीहरुमा प्रदुषण बढेको छ ।  पहाडी भू–भागमा नदीको किनारबाट राजमार्गहरु बनेपछि राजमार्गमा बस्तीहरु बस्न थालेका छन् । राजमार्गछेउका बस्तीहरुमा घरमा प्रयोग भएको पानी ढल निकासबाट नदीमा फ्याक्ने प्रवृति बढेपछि नदीमा प्रदुषण बढिरहेको छ । 

सुदूरपश्चिम प्रदेशमा दुई मुख्य नदी महाकाली र कर्णालीमा प्रदुषणको मात्रा बढिरहेको छ । सन २००२ मा भएको एक अध्धयनमा महाकाली नदीमा पानीमा धमिलोपन प्रति लिटर १ सय १० मिलिग्राम पाइएको छ । बैतडी जिल्लाको पञ्चेश्वरमा केन्द्र राखेर गरिएको सो अध्ययन पछि नया अध्ययन नभएकोले कति बढेको छ भन्न नसकिएपनि सन २००२ मा देखिएको मात्रा नै पनि हुनुपर्ने भन्दा बढी छ ।

विश्व स्वास्थ्य संगठनले पानीमा धमिलोपन प्रतिलिटर १ सय मिलिग्राम सम्म हुनुपर्ने बताएको छ । त्यही मात्रा पनि भएको डेढ बर्ष पुरा भएको छ । यस्तै सोही अध्ययन अनुसार कर्णाली नदीमा धमिलोपन प्रति लिटर २ सय ६४ मिलिग्राम छ । 

यस्तै महाकाली नदीको पानीको पिएच मान ८ दशमलब ८ छ । यस्तै कर्णाली नदीको पानीको पिएच मान ८दशमदब ९ छ । विश्व स्वास्थ्य संगठनका अनुसार मनव स्वास्थ्य र जलचर प्राणीका लागि ६ दशमलब ५देखि ८ दशमलब ५ सम्मको पानी ठीक मानिन्छ । त्यो बढी पिएच मनको पानी प्रयोग गर्दा मानव स्वास्थयमा असर पर्छ भने जलचरका लागि पनि समस्या हुन्छ ।

अभल जलचरका लागि त पिएच मान ५ देखि ८ सम्मााको पानी मात्रै उपयुक्र मानिसने त्रिभुवन विश्वविद्यालयको वातारण विज्ञान भिागका उप प्राध्यापक डाक्टर दीप नारायण साह बताउनुहुन्छ । प्रदुषणका कारण नदीको पानीमा अक्सिजनको मात्र समेत घटिरहेको छ । नदीको पानीमा अक्सिजन कम हुन थाल्दा माछाहरु समस्यामा पर्छन् । कुनै समयमा महाकाली नदीमा डल्फिन पाइने गरेको भएपनि हिजोआज देखिन छोडेको पानी बिज्ञ डाक्टर अजय दीक्षितले बताउनुभयो । 

महाकाली भन्दा कर्णालीमा बढी प्रदुषण देखिएको छ । कर्णाली नदीको किनारबाट बढी राजमार्ग बनेको छ । र राजमार्गमा निकै बस्तीहरु बसेका छन् । कर्णाली नदीको चिसापानीमा केन्द्र राखेर गरिएको अध्ययनमा पानीमा धमिलोपन बढी देखिएको हो । त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागका उप प्राध्यापक डाक्टर दीपनारायण साहका अनुसार बस्तीको फोहोर पानी ढलमार्फत सोझै नदीमा मिसाइनु, सडक खन्दाको माटो बगेर नदीमा थुप्रिनुजस्ता कारणले नदीमा प्रदुषण बढिरहेको छ ।

नदी किनारका बासिन्दाहरु अझै पनि पिउनका लागि नदीकै पानीको प्रयोग गरिरहेकोले नदीमा भइरहेको प्रदुषण घटाउने तर्फ सरकारको ध्यान जानु जरुरी छ । सन २००२ पछि नदी किनारबाट जाने सडकहरुको संख्या बढेको र त्यो सडक किनारमा बस्ती पनि बढेकोले यस्तो प्रदुषण कम हुनुभन्दा झन बढेको अनुमान बिज्ञहरुको छ ।