कैलाली : कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ भगतपुर गाउँमा सोमबार राति ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमै मुत्यु भएको छ ।
अन्य दुई जना सामान्य धाईते भएका छन । दुर्घटनामा परि जोशीपुर गाउँपालि वडा नम्बर ३ का ५० बर्षिय परसु राम डगौरा र ४५ बर्षिय पर्सु डगौराको मुत्य भएको प्रहरीले जानकारी दिएको छ ।
दाउरा बोकेर धैला बौनिया बाट वडा नम्बर ३ जादै गरको भे १ त २७४६ नम्बरको ट्याक्टर वडा नम्बर ७ भगतपुर गाउँमा दुर्घटनामा परेको हो । तिब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यलय भजनिका प्रहरी निरिक्षक खगेन्द्र ओझाले जानकारी दिनुभयो ।