डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरीएको १५ जनाको कोरोना परीक्षणमा ५ जनाको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ।
अस्पतालको प्रयोगशालाले डोटीको दिपायल सिलगढी नगरपालिका ३ जना, जोरायल गाउँपालिकाका १ जना र महोत्तरी घर भई डोटीमा बस्दै आएका १ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ।