देशभरको मौसम बदली हुने

देशभरको मौसम बदली हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम बदली हुने छ । प्रदेश–२, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम बदली हुने विभागले जनाएको छ । 

“विहान आंशिक बदली रहेको काठमाडौं उपत्यकामा दिउँसो बदली हुने छ । बिहान हुस्सुले धुम्मिएको छ । दिउँसोबाट बदली हुनेछ,” मौसमविद् समिर श्रेष्ठ भन्छन्, “तराईका जिल्लामा रहेका धेरै स्टेशनहरुले भिजिविलिटी मापन गरेका छन् । त्यस्तो धेरै हुस्सु छैन । भिजिविलिटी दुईहजारमा छ ।”

प्रदेश–१ र वागमती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको बताएका श्रेष्ठले दिउँसो १९–२१ डिग्री सेल्सियस पुग्ने श्रेष्ठले जानकारी दिए ।