मिस अफ्रिकाको टाउकोमा आगो लागेपछि

मिस अफ्रिकाको टाउकोमा आगो लागेपछि

मिस अफ्रिका २०१८ को समापन तर्साउने किसिमको रह्यो । मिस अफ्रिाको घोषणा हुँदा आगलागी भयो । मिस कंगो २०१८ रहेकी डोर्कास कासिन्डेको कपालमा आगो लाग्यो । बिहीवार उनलाई अफ्रिकी सुन्दरी २०१८ को ताज लगाउने क्रममा आगो लागेको थियो । 

कासिन्डेले जीतपछि आफ्नो प्रतिस्पर्धीलाई अंगालो हाल्दा आगो लागेको हो । घटनापछि २४ वर्षीया कासिन्डेले ट्वीट गरेर आफू ठीक रहेको बताइन् । उनले लेखिन्, ‘म ठीक छु । मेरोृ कपाल ठीक छ ।

म राम्रो अनुभव गरिरहेकी छु । म एकदमै खुशी छु । राति मलाई समर्थन गर्ने सबैलाई धन्यवाद छ । सामाजिक सञ्जालमा तपाईंहरूले मेरा लागि प्रार्थना गर्नुभयो ।’

मिस अफ्रिका भएपछि कासिन्डेले ३५ हजार डलर अर्थात् लगभग ४० लाख रुपैयाँ र एउटा कार जितिन् । पटाका पड्काएका कारण कासिन्डेको कपालमा आगो लागेको हो । तर उनीनजिक रहेका मानिसले तत्कालै आगो निभाए । घटना नाइजेरियामा भएको हो ।