आज अन्तर्राष्ट्रिय टोपी दिवस ,धनगढीमा पनि मनाईदै

आज अन्तर्राष्ट्रिय टोपी दिवस ,धनगढीमा पनि मनाईदै

धनगढी : आज राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ देशभर मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

धनगडीमा स्थापित दारी ग्याङ्गको आयोजनामा हेल्पिङ हेण्ड र युथ फर चेन्जको सहकार्यमा ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने नारा सहित छैटौ अन्तर्राष्ट्रिय ढाका टोपी दिवस मनाएको छ  ।

ढाका टोपी नेपालको राष्ट्रिय पोशाक भएकोले यो दिवस मनाउन थालिएको हो । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने  गरिए पनि नेपालका विभिन्न समुदायले आफ्नो पहिचान र परम्परा झल्किने खालका विभिन्न टोपी लगाएर यो दिवस मनाउदै आएका छन ।