सुदूरपश्चिम महोत्सव कोरोना संक्रमणका कारण यो बर्ष स्थगित हुने

सुदूरपश्चिम महोत्सव  कोरोना संक्रमणका कारण यो बर्ष स्थगित हुने

 सुदूरपश्चिम महोत्सव यो बर्ष नहुने भएको छ।  कोरोना भाइरसको संक्रमणको  जोखिमका कारण विगत १५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको  महोत्सव यो बर्ष नहुने भएको हो । 

सुदूरपश्चिमको आर्थिक विकासका लागि कैलाली उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्दै आएको थियो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष सुदूरपश्चिम महोत्सव स्थगीत गरिएको जानकारी दिए ।