सन्दीपले आज बिग ब्यास लिगमा चौथो खेल खेल्दै

सन्दीपले आज बिग ब्यास लिगमा चौथो खेल खेल्दै

सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । 

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका छन् भने दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । त्यस्तै तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका थिए ।