जापान जानु अघि रविले विमान स्थलमा भाबुक हुदै सवै कुरा पहिले नै लेखेर आएका कारण आमाको दुखद घटना भएको बताएका छन् । आइडल ओडले आमाले आफु सानो हुदाँ आफ्नो लागी गरेको दुखलाई थोरै खुशी संगै गलेर गएको बताएका छन् ।
आमालाई राम्रो देखाउन नसकेपनि आफुलाई माया गर्न अन्य आमाहरुका लागी राम्रो गरेर आमलाई सम्मान दिने बताएका छन् । आफु माथी थपिएको पिडालाई जापान पुगेपछि अडियन्स संग भुलाउँने प्रयास गर्न प्रतिक्रिया दिएका रविले आगामी दिनमा पनि सवैको साथ र सहयोगको सपेक्षा गरेका छन् ।
आईडल ओड सोमबार साँझ आठ बजे जापान प्रस्थान गरेका हुन् । नेपाल आइडलको विदेश भ्रमणको पूर्व योजनाअनुरु दश दिने ‘जापान टुर’ का लागि रविसंगै, पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक, अस्मीता अधिकारी र अमित बराल पनि गएका छन् ।
जापान पछि अष्ट्रिलिया र युके प्रसाथान गर्न कार्यक्रम रहेको आईडल ओडले बताएका छन् । जापान टुरका लागि रवि आइतबार घरबाट काठमाडौं आएका थिए । सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुँदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात आमाको करेन्ट लागेर निधन भएको थियो । पिडैपिडाकाबीच पनि रवि आफ्नो काममा फर्किएका छन् ।
नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् ।
जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए ।