बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

 चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् ।

उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।

अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् ।

यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् ।

उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन् ।