कैलालीको चुरेमा ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते

कैलालीको चुरेमा ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते

धनगढी । कैलाली जिल्लाको चुरे गाउँपालिका ६ डुम्रेनीमा मंगलबार ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएका छन् । ट्रक घटनास्थलमै हुँदा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । साना सवारी साधन चलेपनि ठूला सवारी चल्न सकेका छैनन् । सडक खुलाउने कार्य भैरहेको प्रहरीले जुटेको छ ।

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आइरहेको से ७ ख १२९ नम्बरको ट्रक अनियन्त्रित हुँदा ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी रहेका छन् । घाइते करन कामीको सिसाले टाउको काटिएको छ । उनको अवस्था गम्भीर रहेको जनाएको छ । 

अहिले घाइते सबैलाई उपचारका लागि अत्तरियाको पद्मा अस्पताल पठाइएको छ ।