कोरोनाविरूद्धकाे खाेपका लागि नेपालको तयारी

कोरोनाविरूद्धकाे खाेपका लागि नेपालको तयारी

काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्। 

विश्वका अधिकांश देशहरूले खोपका लागि अग्रिम बुकिङ गर्नुका साथै आवश्यक संरचनासमेत तयार गर्न थालेका छन्। छिमेकी देश भारतले भ्याक्सिन ओसारपसार गर्नका लागि दिल्ली विमानस्थल र हैदराबाद विमानस्थलका कार्गो सर्भिसेसलाई तयारी अवस्थामा राखेको छ। 

ती कार्गो विमानले खोपलाई एक ठाउँबाट अर्को ठाउँमा मात्र नभएर एक देशबाट अर्को देशसम्म लैजाने छन्। त्यस्तै खोप स्टोरेजका लागि आवश्यक पर्ने संरचना समेत निर्माण भइरहेको छ। 

तर, नेपाल भने ‘अझै पर्ख र हेर’ को नीतिमा छ। केही खोप कम्पनीले सर्वसाधारणमा खोप लगाउन अनुमति मागिरहेका छन्। नेपालले भने ती खोपबारे सूचना संकलन गर्ने र अध्ययन गर्ने काम गरिरहेको छ।