‘मैले सिउँदोमा सिन्दुर भरेँ’: स्वेता खड्का

‘मैले सिउँदोमा सिन्दुर भरेँ’: स्वेता खड्का

नायिका स्वेता खड्काले आफूले आफ्नो सिउँदोमा सिन्दुर भरेको उल्लेख गर्दै हातमा सप्तरंगी चुरा लगाएर आफूलाई रंगिन पहिरन भित्र सजाएको बताएकी छिन् ।

सामाजिक संजालमा बिबाहका तस्वीर शेयर गर्दै स्वेता लेख्छिन्–‘मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ ।’

स्वेताले बिहेमा सजिएको बिहेको मण्डप जस्तै माझी टोललाई सझाँउन बाँकी रहेको पनि उल्लेख गरेकी छिन् । स्वेता अगाडि लेख्छिन्–‘मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागि पर्नुछ ।’

स्वेताले आफू शसक्त नारीको रुपमा सबैमाँझ प्रस्तुत हुने पनि लेखेकी छिन् । यस्तै, उनले महिला सशक्तिकरणका लागि केही गर्ने सोच आफूमा रहेको बताएकी छिन् । नायिका स्वेता खड्काले सोमबार धनगढीका विजयेन्द्र सिंह राउतसँग बिहे गरेकी हुन् ।