सुदुरपश्चिमेली समाज साउदी अरब तदर्थ समितिको गठन, संयोजकमा जगदीश नाथ

सुदुरपश्चिमेली समाज साउदी अरब तदर्थ समितिको गठन, संयोजकमा जगदीश नाथ

सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबको तदर्थ समिति गठन भएको छ । सुदुरपश्चिमा जन्मभुमि भएर साउदी अरबलाई कर्मथलो बनाएर बसेका सम्पूर्ण बुद्धिजीवी समाजसेवी लगायत सवैलाई समेटेर तदर्थ समिति गठन गरिएको हो ।

सुदुरपस्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समिति सदस्य तथा केन्द्रिय सदस्य जगदीश नाथको संयोजकत्वमा बसेको बैठकलो नयाँ तदर्थ समिति गठन गरेको समाजका महासचिव केशब सिंहले जानकारी दिनुभएको छ।

भर्चुअल बैठकमा भारतबाट अन्तरास्ट्रिय सुदुरपस्चिमेली नेपाली समाजका कोषाध्यक्ष भुवनप्रसाद भट्ट, मलेसियाबाट अन्तर्राष्ट्रिय समिति प्रचारप्रसार प्रमुख दक्षिण एसिया संयोजक दिनेश खड्का (खप्तडी), बहराइन बाट सुदुरपस्चिमेली नेपाली समाजका बर्तमान अध्यक्ष इन्द्र ब बिष्टको सहभागिता रहेको थियो ।

साउदी अरब तदर्थ समितिले आगामी दिनमा साउदी अरेबियामा दुःख कष्ट भोगिरहेका सुदुरपस्चिमेलीहरुको शीतल छहारी बन्न सफल हुने विश्वास लिइएको छ । सुदुरपस्चिमेली नेपाली समाजले स्वदेशमा पनि दुख कष्ट भोगिरहेका गरिब, निमुखा, बेसहारा जनताहरुको टेक्ने लौरो बन्ने काम गर्ने विश्वास लिइएको छ ।

साउदी अरब राष्ट्रिय तदर्थ समितिको संयोजकमा जगदीश नाथ, सचिव राजेन्द्र पन्त, सहसचिव अर्जुन सिंह माल, आर्थिक संयोजक राम बहादुर रोकाया, आर्थिक उप संयोजक राम बहादुर बिष्ट रहेका छन । यस्तै सदस्यमा दिपक बोगटी, पदम राज भट्ट, हुकुम छेदाल, दिपक बहादुर सिंह, बिष्णु तमोली, टेक बहादुर बोगटी, रबिन राई, जगदीश राम लुहार, हिक्मत बहादुर बोहरा, चेत राज भट्ट, बिर बहादुर सार्की, रोहित पाली, जित बहादुर महरा, दिपेन्द्र शाह लगायतका सदस्यहरु रहेका छन । 

यसैगरी, सल्लाहकार समितिमा प्रमुख सल्लाहकार खेम राज भट्ट, बरिष्ठ सल्लाहकार पदम महता, सल्लाहकार चक्र मल्ल, गोपाल बोहरा, गोबिन्द सिंह बोहरा र बिष्णु बिष्ट रहेका छन । सुदुरपस्चिमेली नेपाली समाज साउदी अरबको तदर्थ समिति अनलाइन बैठकबाट सर्बसम्म्त पारित गरिएको जानकारी समाजका महासचिव केशब सिंहले जानकारी दिनुभएको छ ।