पहाड र हिमाली क्षेत्रको मौसम बदली हुने, तराईमा हुस्सु

पहाड र हिमाली क्षेत्रको मौसम बदली हुने, तराईमा हुस्सु

अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको छ । यस्तै लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु ठाउँको मौसम भने सफा रहेको छ । दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकोले केही ठाउँको मौसम बदली भएको हो । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र वाग्मती  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभाग र सुदूर पश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ । अबको २४ घण्टामा देशका धेरै ठाउँको तापक्रम घट्ने सम्भावना रहेको छ ।

यस्तै तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ । आज काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १० दशलमव २ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ । अहिलेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।