लोक सेवाले खोल्यो अधिकृत पदमा विज्ञापन

लोक सेवाले खोल्यो अधिकृत पदमा विज्ञापन

लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।

जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख छ । 

अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।