विश्वभर यसरी घट्दै छ कोरोनाका जटिल बिरामीको संख्या

विश्वभर यसरी घट्दै छ कोरोनाका जटिल बिरामीको संख्या

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण जटिल अवस्थामा पुग्ने बिरामीको संख्या कम हुँदै गएको छ । 

कोरोना भाइरसको संक्रमण भएकामध्ये जटिल अवस्थामा पुगेका बिरामीको संख्या शून्य दशमलव ५ प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ । 

यसअघि सुरुवाती दिनमा २ प्रतिशत संक्रमित जटिल अवस्थामा पुग्ने गरेकामा त्यो विस्तारै घटेर शून्य दशमलव ५ प्रतिशतमा झरेको हो । 

अहिले विश्वभर १ करोड ९५ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ५ प्रतिशत अर्थात एक लाख ६ हजारको अवस्था जटिल रहेको र बाँकी एक करोड ९४ लाखको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । ​

वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ६ करोड ८५ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ४ करोड ७४ लाख निको भएका छन् । 

१५ लाख ६२ हजारको भने मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ करोड ५५ लाखमा कोरोना पुष्टि हुँदा ९० लाख ८७ हजारले कोरोना जितेका छन्।  २ लाख ९३ हजारको भने मृत्यु भएको छ । 

यस्तै भारतमा ९७ लाख ३५ हजारमा कोरोना पुष्टि हुँदा ९२ लाख १४ हजार निको भएका छन् । १ लाख ४१ हजारले भने ज्यान गुमाएका छन् । 

त्यसैगरी ६६ लाख ७५ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ५ लाख ५४ हजार निको भएका छन् । १ लाख ७८ हजारको भने मृत्यु भएको छ ।