सरकारले ल्यायो १० कक्षासम्मका विद्यार्थीका लागि मोबाइल एप

सरकारले ल्यायो  १० कक्षासम्मका विद्यार्थीका लागि मोबाइल एप

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका लागि ‘ई(क्लास नेपाल‘ नेपाल नामको मोबाइल एप सार्वजनिक गरेको छ । पाठ्यक्रम पाठ्यपुस्तक, विभिन्न खालका शिकाई सामग्री प्रदान मिल्ने गरी एप तयार पारिएको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसपछि नयाँ तरिकाले शैक्षिक क्षेत्र अघि बढाउने उद्देश्य अनुरुप एप सार्वजनिक गरिएको बताए । उनका अनुसार कक्षा १० सम्मका अनिवार्य विषयका सामग्री राखिएको मोबाइल एप विद्यालय तथा शिक्षक समक्ष पुर्‍याउने सरकारको योजना रहेको छ।

सामान्य मोबाइल र इन्टरनेटको सहायतामा यो एपमा गएर पढ्न सकिने सामग्री उपलब्ध हुनेछन् । यसबाट मुख्य गरी विद्यालय तहका विद्यार्थी लाभान्वित हुने मन्त्री पोखरेलको भनाई छ ।

मन्त्रालयका सचिव गोपीनाश्च मैनालीले विद्यार्थी शिक्षकको सिकाई अभिवृद्धि गर्न मोबाइल एप उपयोगी हुने विचार व्यक्त गरे । हाल यो एप एन्ड्रोइड मोबाइलका लागि मात्र उपलब्ध छ ।

अबको एक दुई हप्तामा आईओएस एप स्टोरमा समेत आउने शिक्षा विभागका महानिर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेका सामग्री रहेको सिकाई चौतारीको वेबसाइटमा पहुँच पाउन झन्झटिलो भए पछि सहजताका लागि एप तयार पारिएको हो ।