चौरपाटीका १७५ जना किशोरी र महिलाहरुलाई आत्मरक्षा तालिम (फोटो फिचर)

चौरपाटीका १७५ जना किशोरी र महिलाहरुलाई आत्मरक्षा तालिम (फोटो फिचर)

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा किशोरी तथा महिलाहरुको लागि आत्मरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ। समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम  दिईएको हो ।

चौरपाटी गाउँपालिका र वाक नेपाल बुलगारी परियोजनाको संयूक्त आयोजनामा भएको तालिममा सात वटै वडाका १७५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको महिला हिंसा विरुद्धको अभियान प्रहारका संयोजक प्रकाश कुमार चन्दले जानकारी दिए । 

चौरपाटी गाउँपालिकाको आयोजना र सेभ द चिल्ड्रेन, वाक नेपाल, मालिका बिकास संघको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । 

तस्विरहरु :