अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मुख्यमन्त्री भट्ट को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मुख्यमन्त्री भट्ट को शुभकामना सन्देश

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानतः विधिको शासन कायम गर्नसके मानव अधिकारको सम्मान हुने बताएका छन् ।

७२औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सबै प्रदेशवासीलाई शुभकामना व्यक्त गर्दै उनले भनेका छन,  ‘‘संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक सुशासन कायम गरेर मानवअधिकारको अनुभूत हुनेछ ।” यसकालागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि सन्देशमा उल्लेख छ ।