पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगामा २ मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

धनगढी खबर    

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगामा २ मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बोहरा से १ प ५५७८ नम्बरको मोटरसाइकलमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको उनले बताए । से ६ प ३७११ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।



बिहिबार २५, मङि्सर २०७७ ०८:५४ मा प्रकाशित

#पूर्वपश्चिम राजमार्ग #कैलाली #गौरीगंगा नगरपालिका #दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस