अब सबै जिल्ला हुलाक कार्यालय मार्फत् प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नविकरण सम्बन्धी सेवा पाईने

अब सबै जिल्ला हुलाक कार्यालय मार्फत् प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नविकरण सम्बन्धी सेवा पाईने

काठमाडौं । अबदेखि सबै जिल्ला हुलाक कार्यालय मार्फत् प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सम्बन्धी सेवा प्राप्त गर्न सक्ने भएको छ ।

गत मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यससँगै अब देशका जुनसुकै ठाउँबाट हुलाक मार्फत् प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नविकरण गर्न सकिने भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु हिजो (बुधबार) पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गर्दै यो जानकारी गराएका हुन् ।