ठोक्किन जिन्दगीमा कोहि न कोहि आउँछ

ठोक्किन जिन्दगीमा कोहि न कोहि आउँछ

ठोक्किन जिन्दगीमा कोहि न कोहि आउँछ।
प्रायः छुट्टि जान्छ, सौगात निशानी बनाउँछ।

बटुलेर सपनाहरू पोल्टाभरी बटुवाले किन,
छरेर जान्छ यादहरू र बिझाउछ,दुखाउँछ।

गाँठा परेको डोरी अक्सर कामयाब हुदैनन्,
मान्छे पनि कोहि बौलाउछ, कोइ बर्बराउछ।

बाङ्गा रुखहरूले आफ्नो उमेर खान पाउछ,
जसले गल्ती गर्छ उहीँ जोर जोरले कराउछ।

आशाले जीवन दिन्छ निराशाले मृत्यु दिन्छ
भनिन्छ, कुहेको मुढो हरियो भएर पलाउछ।