विश्वकप विजेता इटालीयन फुटबलर पाओलो रोसीको निधन

विश्वकप विजेता इटालीयन फुटबलर पाओलो रोसीको निधन

इटालीका विश्वकप विजेता खेलाडी पाओलो रोसीको निधन भएको छ। सन् १९८२ मा इटालीले विश्वकप फुटबलको उपाधि जित्दाका नायक खेलाडी रोसीको ६४ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ।

स्पेनमा भएको खेलमा इटालीलाई उपाधि यात्रामा सफल बनाएपछि रोसी विश्व चर्चित भएका थिए । उनी सो प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका थिए र उनी सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

उनले क्लब फुटबलमा युभेन्टस र एसी मिलानसहितबाट खेलेका थिए।

उनको निधनको खबर बिहीबार सार्वजनिक भएको हो । उनी लामो समयदेखि बिरामी परेको खबर इटालियन सञ्चारमाध्यममा आएको थियो । उनको निधनको कारण भने खुलाइएको छैन।