आजबाट सातदिने अभिनय प्रशिक्षण सुरु

आजबाट सातदिने अभिनय प्रशिक्षण सुरु

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा अगामी २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए ।

उनका अनुसार धनगढीको प्रशिक्षणमा सहभागी १५ प्रशिक्षार्थीलाई नाट्यकर्मी नरेन्द्र बराल र नेपालगञ्जका २५ प्रशिक्षार्थीलाई वरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालले नाटक अभिनयका विविध पक्षमा प्रशिक्षण दिइरहेका छन् ।

कोरोना महामारीले ठप्पप्रायः नाट्यकर्मलाई सावधानीपूर्वक विस्तारै चलायमान बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । नेपाली नाट्य क्षेत्रलाई वृहत् बनाउन काठमाडौँ केन्द्रित नाट्यकर्मलाई देशका शहरमा विस्तार गर्ने उद्देश्यले नाटक अभिनय प्रशिक्षणको थालनी गरिएको सूचना अधिकारी वाग्लेले बताए।