सडकमा आधुनिक बत्ति राखिने

सडकमा आधुनिक बत्ति राखिने

काठमाडौँ महानगरपालिकाले १७ करोडको लगानी गरेर सडकमा आधुनिक बत्ति जडान गर्ने भएको छ । बिहीबार महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच बत्ति जडान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार पहिलो चरणमा विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी क्षेत्रमा बत्ति जडान गरिने छ । त्यसको लागत करिब १७ करोड हुनेछ । 

करीब रु १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ ।  

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।