काठमाडौंमा महिला रेस्लिङ च्याम्पियनसिप हुँदै

काठमाडौंमा महिला रेस्लिङ च्याम्पियनसिप हुँदै

नयाँ महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पियनसिप हुन लागेको हो।

फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले  यस प्रकारको महिला च्याम्पियनसिप देशमा पहिलो पटक हुन लागेको खड्काले बताइन्।

उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।”

खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई तालिम दिएकोमा तीमध्ये ४५ जनाले निरन्तर खेलिरहेको उनले बताइन्। खड्काले विभिन्न देशमा रेस्लिङ खेलेर अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि जितेकी छिन्।