वैद्य माओवादीद्वारा एमसीसीको विरोध

वैद्य माओवादीद्वारा एमसीसीको विरोध

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले एमसीसीको विरुद्धमा प्रदर्शन गरेको छ । वैद्य नेतृत्वले बिहीवार नेपालगञ्जमा एमसीसी साथै महंगी तथा भ्रष्ट्राष्चारको विरोधमा प्रदर्शन गरेको हो ।

विभिन्न नाराहरु लेखिएका ब्यानर, झण्डासहित नेपालगञ्जको कोरियनपुरस्थित आपबगियाबाट नारा–जुलुसमा सहभागी नेता कार्यकर्ताहरु प्रदर्शन गर्दै बीपीचोक हुँदै धम्बोझीचोकसम्म पुगेमा थिए ।

प्रदर्शनका क्रममा उनीहरुले मंहगी र भ्रष्ट्राचारका विरुद्धमा समेत प्रदर्शन गरेका छन् । साथै उनीहरुले भारतले अतिक्रमण गरेको नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउन माग गरेका समेत गरेका छन् ।