अजय देवगणको फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ ११२ करोडमा बिक्यो

अजय देवगणको फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ ११२ करोडमा बिक्यो

बलिउड अभिनेता अजय देवगणको फिल्म भुजः द प्राइड अफ इण्डिया सिनेमाघरको स्थानमा ओटीटी प्लेटफर्मममा देख्न पाइनेछ । फिल्म यो वर्षको स्वतन्त्रता दिवसमा रिलिज हुने भनिएपनि कोरोना भाइरसका कारण रोकिएको थियो ।

फिल्मका निर्माताहरु फिल्म ओटीटी प्लेटफर्ममा बेच्न लागि परेका छन् । उनको उक्त फिल्म ११२ करोड भारतीय रुपैयाँमा बिक्री भएको बताइएको छ ।

यसको लागत ८० करोड रुपैयाँ रहेको छ । यसबाट निर्मातालाई ३२ करोडको फाइदा हुनेछ ।