पहाडी भूभागका केही स्थानमा बर्षा, यस्तो छ मौसम पूर्वानुमान

पहाडी भूभागका केही स्थानमा बर्षा, यस्तो छ मौसम पूर्वानुमान

शनिबार पहाडी भूभागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । अहिले बिहानपख तराई भूभागमा कुहिरो छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव संगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।  

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।  त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । 

आज राति पनि प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपात र प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।