भारतमा पायो एमआरएनए कोरोना भ्याक्सिन क्लिनिकल ट्रायलको अनुमति

एजेन्सी    

भारतमा पायो एमआरएनए कोरोना भ्याक्सिन क्लिनिकल ट्रायलको अनुमति

भारतीय औषधि नियामक निकायले पहिलो स्वदेशी एमआरएनए कोरोना भ्याक्सिनको पहिलो र दोस्रो क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ।  पूणेस्थित कम्पनी जिनोभा बायोफर्मास्युटिकल्सले एचजीसीओ १९ नामको भ्याक्सिन बनाईरहेको  छ।

कम्पनीले भारत सरकारको विज्ञान एव प्रविधि मन्त्रालयबाट आर्थिक सहयोग प्राप्त गरेको थियो।  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जीवाणुसँग लड्नका लागि एमआरएनए भ्याक्सिनले शरीरको रोगप्रतिरोधी क्षमताको परम्परागत तरिकाले  विकास नगरी भाईरसजस्तै प्रोटिन उत्पादन गर्ने  र कोरोना भाईरसलाई समाप्त गर्ने उल्लेख छ। 

यो भ्याक्सिनले प्रतिरोधी क्षमता बढाउने पनि जनाइएइको छ। मन्त्रालयले यो भ्याक्सिन सुरक्षित र असंक्रामक मानेको छ।  यो सफल ने निर्माण कम्पनीको दावी छ ।

 



शनिबार २७, मङि्सर २०७७ ०९:०७ मा प्रकाशित

#भारत #कोरोना भ्याक्सिन

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस