नाकबाट रगत निस्किरहेको अवस्थामा घरमा भेटियो अभिनेत्री आर्याको शव

नाकबाट रगत निस्किरहेको अवस्थामा घरमा भेटियो अभिनेत्री आर्याको शव

 विद्या बालन स्टारर द डर्टी पिक्चर जस्ता फिल्ममा देखिएकी अभिनेत्री आर्या बनर्जीको निधन भएको छ ।

शुक्रवार उनको शव साउथ कोलकतास्थित आफ्नै घरमा फेला परेको हो । रिपोर्टसका अनुसार फोरेन्सिक एक्सपर्टले आर्याको नाकमा रगत र उल्टी गरेको प्रमाण भेटेका छन् । पुलिसले शब कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ ।

३३ वर्षका आर्या कोलकतास्थित घरमै आफ्नो डगीसँग एक्लै बस्ने गर्दथिन् । उनकी बहिनी सिंगापुरमा बस्छिन् ।

उनको कोठामा रक्सीका बोतल फेला परेका छन् । पुलिसले उनको कोठाको ढोका फोरेर उनको शव निकालेको थियो ।