बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

मकरराज धामी    

बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

बझाङ । बझाङको तल्कोट गाँउपालिकाको किरकिटयामा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।शनिवार दिउँसो नागार्जुन कष्ट्रक्सनको बा ३ क ६०० नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।  ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि घाइते भएका मजदुर मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी घाईते भएका छन् । घाइते तिनै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।



शनिबार २७, मङि्सर २०७७ ०६:४९ मा प्रकाशित

#बझाङ #दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस