हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । 

‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ 

ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दै यस्तो बताएका हुन् । ओलीले कोरोनाले कोप-२६ स्थगत गर्न बाध्य पारे पनि हरित धरा निर्माण सम्बन्धी अभियान स्थगन हुन नसक्ने बताए । 

‘कोभिड-१९ ले हामीलाई कोप-२६ स्थगन गर्न बाध्य तुल्यायो’, ओलीले भनेका छन्, ‘तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्।’

ओलीले नेपाल हरितवृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनमा लागि परेको बताउँदै विद्युतीय परिवहन र न्यून कार्बन पूर्वाधारमा जोड दिएको दाबी गरेका छन् । 

‘हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन(शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं’, ओलीले थप भनेका छन्, ‘हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या(पर्यटनको प्रर्बद्धन गरेका छौं ।’ 

सँगै उनले नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएको जानकारीसमेत गराएका छन् । -फरक धार