कोरोनाको जोखिमबाट बच्न चीनमा पाइलट र चालक दलका सदस्यलाई डाइपर लगाउने आदेश

कोरोनाको जोखिमबाट बच्न चीनमा पाइलट र चालक दलका सदस्यलाई डाइपर लगाउने आदेश

बेइजिङ। चीनको उड्डयन नियामकले चिनियाँ विमान सेवाका चालक दलका सदस्यहरुलाई कोरोनाको जोखिमबाट बच्नका लागि डाइपर लगाउने आदेश दिएको छ । जुन स्थानमा कोरोनाभाइरसको जोखिम छ त्यो ठाउँमा शौचालय प्रयोग नगर्नका लागि चीनको नियामक संस्थाले जनाएको छ । यसबाट कोरोना संक्रमणको जोखिम कम हुने तर्क नियामकको छ ।
१० लाखको आवादी भएका ठाउँमा ५०० भन्दा कोरोना संक्रमित भएको ठाउँमा जाने चार्टड विमानमा यो नियम लागू हुने चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ । यो सुझाव पर्सनल प्रोटेक्टिभ इक्विपमेन्स सेक्सनमा दिइएको हो ।
उडानका लागि अन्य प्रशस्त दिशानिर्देश पनि जारी गरिएको छ । यसमा क्लिन एरिया, बफर जोन, यात्रु बस्ने क्षेत्र र डिस्पोजेबल पर्दालाई छुट्याउनका लागि पनि भनिएको छ ।