रोजगारीको अवसर सहित रेडियो उद्धघोषण तथा पत्रकारिता तालिम सञ्चालन हुने सम्बन्धी सुचना

रोजगारीको अवसर सहित रेडियो उद्धघोषण तथा पत्रकारिता तालिम सञ्चालन हुने सम्बन्धी सुचना

विगत ५ बर्ष देखी यहाँहरुको मन जित्दै श्रोतामा माझमा लोकप्रिय रहदै आएको यस रेडियो धनगढी ९०.५ मेगाहर्जले विगतमा जस्तै व्यक्तीत्व र नेतृत्व विकासका लागी आयोजना गर्न गईरहेको ८ दिने रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता सम्बन्धी तालिममा सहभागी भइ मौकाको फाइदा उठाउनुहोस । 


तालिमका विशेषता : 
१. चर्चित र कुशल प्रशिक्षक बाट प्रशिक्षण गरिने 
२. रेडियोको आफनै अत्याधुनिक स्टुडियोमा दैनिक प्रयोगात्मक गराइने 
३. तालिम अवधिभर विभिन्न व्यक्तीत्व विकासका गतिविधि गराइने 
४. तालिम पछि उत्कृष्ट केहिलाई रोजगारीको अवसर प्रदान गरिने 


एस.इ.इ तथा कक्षा ११ र १२ दिएर बसेका विध्यार्थीका लागी विशेष छुट सहित सहभागीताका लागी अनुरोध गर्दछौ । 


फाराम भर्ने अन्तीम मिती : असार ९ गते सम्म 
तालिम शुरुहुने मिती : असार १० गते देखी १८ गते सम्म
समय :  सहभागीको सल्लाह बमोजिम 
शुल्क :  २,००० ( दुइ हजार मात्र)
एस.इ.इ तथा कक्षा ११ र १२ का विध्यार्थीका लागी २५ प्रतिशत छुट  

थप जानकारी 
रेडियो धनगढी ९०.५ मेगाहर्ज

धनगढी ३ विशालनगर कैलाली 
०९१४१७६११, ९८५११६८३६२