बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु हुने भएको छ । मंसिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण बन्द रहेका विद्यालय आईतबार देखि सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । 

नगरपालिकाका शिक्षा संयोजक मोहन नाथका अनुसाार विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को परिधि भित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

नियमित रुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसंग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गर्न सक्ने व्यवस्था मिलाइएको जनाईएको छ।