कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको  १९७ नमूनाहरुको स्वाब परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा संक्रमण देखिएको हो । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको  भीमदत्त नगरपालिकाका दुई जना , शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका एक एक जना र बेलौरी नगरपालिकाका ४ जनामा समेत संक्रमण पुष्टि भएको छ। उता बझाङ र बाजुराका एक एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए  ।