उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषदको बैठकमा जान देउवालाई गगन थापाको सुझाव

उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषदको बैठकमा जान देउवालाई गगन थापाको सुझाव

धनगढी  नेपाली काँग्रेसका युवा नेता गगन थापाले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

कैलालीको धनगढीमा नेपाल प्रेस युनियन कैलालीले मङ्गलवार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषद्को बैठकमा नजान सुझाव दिए । जबसम्म उपसभामुखको चयन नभएसम्म संवैधानिक बैठकमा काँग्रेसले भाग लिनुहुँदैन उनको भनाई छ । संवैधानिक व्यवस्था अनुसार उपसभामुखको पद फरक दलले पाउने भएकोले त्यो व्यवस्था नभएसम्म काँग्रेस उक्त बैठकमा सहभागी नहुने जिकिर गरे ।

संवैधानिक परिषद्को सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली काँग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ । पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषद्को बैठकले पूर्णता पाउने उनले बताए । परिषद्मा एक जना सदस्य (उपसभामुख) पद रिक्त छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।